३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

युरोकपमा बेल्जियम नकआउट चरणमा प्रवेश

१३ असार ,काठमाडौं । बेल्जियम युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्टटगार्ट एरेनामा बुधबार राति सम्पन्न खेलमा युक्रेनसँग गोलरहित बराबरीमा खेल्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको हो ।

बेल्जियम समूह ‘इर्’ को उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो। यो समूहमा रोमानियाले तीन खेलबाट चार अंक जोड्दै विजेता बन्यो । स्लोभाकिया र युक्रेनको पनि समान चार अंक भएपनि रोमानिया र बेल्जियम गोलअन्तरमा शीर्ष दुईमा रहे । यो सँगै रोमानिया युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । ड्यूश बैंक पार्कम बुधबार राति सम्पन्न खेलमा स्लोभाकियालाई १–१ गोलको बराबरीमा रोक्दै रोमानिया नकआउट चरणमा प्रवेश गरेको हो।

खेलको २४औं मिनेटमा जुराज कुक्काको पासमा ओन्द्रेज डुडाले गोल गर्दै स्लोभाकियालाई सुरुआती अग्रता दिलाएका थिए। तर, ३७औं मिनेटमा रजवान मारिनले गोल गर्दै रोमानियालाई खेलमा फर्काए। उनले पेनाल्टीमार्फत गोल गरेका हुन्। त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडे।

समूह ई मा रोमानियाले तीन खेलबाट चार अंक जोड्यो। बेल्जियम, स्लोभाकिया र युक्रेनको समान चार अंक भएपनि रोमानिया गोलअन्तरमा शीर्ष स्थानमा रह्यो।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected