३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

पहिलो पटक युरोमा सहभागी जर्जिया पोर्चुगललाई हराउँदै अन्तिम १६ मा प्रवेश

१३ असार ,काठमाडौं । पोर्चुगल युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा जर्जियासँग पराजित भएको छ । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहिबार बिहान भएको खेलमा पोर्चुगल २–० गोलले पराजित भएको हो । तर पराजित भए पनि पोर्चुगल समूह बिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

पोर्चुगल र टर्की समान ६–६ अंक भएको थियो ।

प्रशिक्षक रोबर्टो मार्टिनेजले टोलीमा आफ्नो दोस्रो रोजाइका खेलाडी अवसर दिएका थिए । जारी युरोकपमा गोलको खाता खोल्न नसकेका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा मैदान उतारे ।

खेलको दोस्रो मिनेटमा नेपोलीका विंगर क्विचा गोल गर्दै जर्जियालाई अग्रता दिलाए । पहिलो हाफमा एक शुन्यले पछि परेको पोर्चुगलले दोस्रो हाफमा थप एक गोल खान पुगेको थियो ।

५७औं मिनेटमा जर्जियाले पेनाल्टीको अवसर पायो । पोर्चुगलका सिल्भाले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई मिकाउताद्जेले गोल गर्दै खेलमा २–० को अग्रता दिलाए ।

यही समूहको अर्को खेलमा टर्कीले चेक रिप्ब्लिकलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

पहिलो पटक युरोमा सहभागी भएको जर्जिया ४ अंकका साथ अन्तिम १६ मा प्रवेश गर्यो। यता, १ अंक जोडेको चेकरिपब्लिक भने बाहिरिएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected