३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश 

१३ असार, काठमाडौं । भेनेजुएला कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह बी अन्र्तगत आज भएको खेलमा मेक्सिकोमाथि १–० गोल अन्तरको जित दर्ता गर्दै भेनेजुएलाले अन्तिम ८ मा स्थान बनाएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा बल नियन्त्रण मेक्सिकोले बढी राखे पनि गोल गर्न असफल भयो । ५५ औं मिनेटमा मेक्सिकोका जुलियनले फल गरेपछि भेनेजुएलाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई ५७ औं मिनेटमा सालमन रोनडनले गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए ।

८३ औं मिनेटमा भेनेजुएलाका मिगुएल नाभारोले फल गरेपछि भारले चेक गरेर मेक्सिकोलाई पेनाल्टीको अवसर दिइएको थियो ।

तर, ८७ औं मिनेटमा गरेको पेनाल्टी प्रहार मिस भयो । मेक्सिोका ओरविलन पेनेडाले प्रहार गरेको पेनाल्टी खेर गएको थियो । त्यसपछि खेलमा मेक्सिको फर्कन सकेन र अन्ततः भेनेजुएला १–० को जितका साथ तालिकामा ६ अंक बनाउँदै शीर्ष स्थानमा उक्लियो । समूह चरणको अन्तिम खेलमा भेनेजुएलाले जमैकासँग खेल्दा मेक्सिकोले इक्वेडरसँग खेल्ने छ ।

त्यसअघि आजै भएको अर्को खेलमा इक्वेडरले पहिलो जित निकालेको थियो । इक्वेडरले जमैकामाथि ३–१ गोल अन्तरको जित दर्ता गरेको हो ।

इक्वेडरले जित निकाल्दा अग्रता भने उपहार गोलबाट लिएको थियो । जमैकाका केसइ पालमरले आफ्नै पोस्टमा १३ औं मिनेटमा गोल गरेपछि इक्वेडरले अग्रता लिएका थिए ।

पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा रे केन्ड्रे पेइजले गोल गरेपछि इक्वेडर २–० को सहज अवस्थामा पुगेको थियो ।

५४ औं मिनटमा मिचेल एन्टोनियाले जमैका लागि एक गोल फर्काए ।

तर, दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा एलन स्टेभ गार्सियाले गोल गरेपछि इक्वेडर ३–१ को जितसहित ३ अंक लिन सफल भयो । जमैकाको भने यो लगातार दोस्रो हार हो ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected