३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

जमैकामाथि ३–१ गोल अन्तरको जित निकाल्दै इक्वेडर समूह ‘बी’ को शीर्ष स्थानमा

१३ असार, काठमाडौं । कोपा अमेरिका फुटबलमा इक्वेडरले पहिलो जित निकालेको छ ।

बिहीबार बिहान सकिएको पहिलो खेलमा इक्वेडरले जमैकामाथि ३–१ गोल अन्तरको जित दर्ता गरेको हो ।

जितसँगै २ खेलमा ३ अंक बनाएको इक्वेडर गोल अन्तरका आधारमा समूह ‘बी’को शीर्ष स्थानमा छ ।

इक्वेडरले जित निकाल्दा अग्रता भने उपहार गोलबाट लिएको थियो । जमैकाका केसइ पालमरले आफ्नै पोस्टमा १३ औं मिनेटमा गोल गरेपछि इक्वेडरले अग्रता लिएका थिए ।

पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा रे केन्ड्रे पेइजले गोल गरेपछि इक्वेडर २–० को सहज अवस्थामा पुगेको थियो ।

५४ औं मिनटमा मिचेल एन्टोनियाले जमैका लागि एक गोल फर्काए ।

तर, दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा एलन स्टेभ गार्सियाले गोल गरेपछि इक्वेडर ३–१ को जितसहित ३ अंक लिन सफल भयो । जमैकाको भने यो लगातार दोस्रो हार हो । यो समूहमा भेनेजुएला र मेक्सिको पनि रहेका छन् ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected