३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

एक साताभित्र पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडिको सूची पेश गर्न  कमिटीलाई मन्त्रीको निर्देशन

१३ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अर्को महिना फ्रान्सको पेरिसमा हुने पेरिस ओलम्पिकमा नेपालको सहभागिता र तयारीको विषयमा राष्ट्रिय खलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसँग जानकारी लिएका छन् । श्रेष्ठले एक साताभित्र पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडिको सूची टुंगो लगाउन ओलम्पिक कमिटीलाई मन्त्रीले निर्देशन दिएका छन् ।

पेरिस ओलम्पिक्स नजिकँदै गर्दा बुधबार नेपालको सहभागिता र जिम्मेवारीको विषयमा मन्त्री श्रेष्ठले राखेप सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणा तथा महासचिव निलेन्द राज श्रेष्ठसँग छलफल गरेका हुन् ।

जुलाई २६ देखि अगष्ट ११ सम्म हुने पेरिस ओलम्पिक्समा नेपालबाट विभिन्न ६ खेलका ७ खेलाडीको सहभागिता निश्चित भइसकेको छ ।

मन्त्री श्रेष्ठले ओलम्पिक्समा सहभागिताको लागि खेलाडी बाहेक पदाधिकारीहरूको हकमा आवश्यकता र जरुरतको आधारमा मापदण्ड भित्र रहेर टोली पठाउन समेत निर्देशन दिएका छन् ।

उनले एक साताभित्र नेपालबाट सहभागी हुने खेलाडि संख्या राष्ट्रिय खेलकुद परिषद्मार्फत् मन्त्रालययमा पेश गर्न नेपाल ओलम्पिक कमिटीलाई निर्देशन दिएका छन् ।

विगतमा भएका कमी कमजोरी र बेथितिलाई नदोहोर्याउन र राष्ट्रको गरीमा आँच नआउने गरी सहभागी हुन राखेप र ओलम्पिक कमिटिलाई श्रेष्ठले निर्देशन दिएका हुन् ।

छलफलमा राखेप सदस्य सचिव टंकलाल घिसिङले ७ मध्ये तीन खेलाडी टेबल टेनिसका स्यान्टु श्रेष्ठले अष्ट्रेलियामा, पौडीका डुवाना लामाले थाइल्याण्डमा र एलेक्जेन्डर शाहले अमेरिकामा व्यक्तिगत रूपमा प्रशिक्षण गरिरहेको र ब्याडमिन्टनका प्रीन्स दाहाललाई राष्ट्रिय खेलकुद परिषद्ले वैदेशिक प्रशिक्षणका लागि श्रीलंका पठाएको जानकारी मन्त्रीलाई गराए ।

ओलम्पिक कमिटीले सम्बन्धित संघले पठाएको प्रशिक्षकको एक्रिडिटेसनको लागि प्रक्रिया अगाडि बढाएको तर ब्याडमिन्टन संघले कसैको पनि नाम नदिएको जनाएको छ । जसले गर्दा पहिलो पटक ओलम्पिकमा छनोट भएका प्रिन्स दाहाल प्रशिक्षक बिना ओलम्पिक्स जाने सम्भावना उच्च छ ।

राखेप सदस्य सचिव घिसिङले तयारी र राष्ट्रिय संघको माग अनुसार छनोट प्रतियोगिता खेल्न ५० लाख बजेट खर्च भएको जानकारी गराए । पेरिसमा हुने ओलम्पिक्स र पारा ओलम्पिक्सको लागि आउने आर्थिक वर्षको बजेटमा ९० लाख बजेट विनियोजन भएको छ ।

सदस्य सचिव घिसिङले पेरिस ओलम्पिक्समा सहभागीताका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी दिए ।

पेरिस ओलम्पिक्समा नेपालबाट छनोट चरण पार गरेका टेबलटेनिसका स्यान्टु श्रेठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुष्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले सहभागीता जनाउने निश्चित भइसकेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected