३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड : दीपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी, गोविन्द बिष्टलाई लाईफटाईम अचिभमेन्ट अवार्ड

१३ असार, धनगढी । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा क्रिकेटका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीका आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रबद्र्धनमा भएको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका ऐरी र कबड्डीकी बडू सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

क्रिकेटका ऐरीसँगै भलिबलका टेकराज अवस्थी र भारात्तोलनका सागर भण्डारी वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका थिए । कबड्डीकी बडुसँगै वर्ष खेलाडी महिलाको मनोनयनमा क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना परेकी थिइन् । यो विधाका उत्कृष्ट खेलाडी पुरुष र महिलाले ३५÷३५ हजार प्राप्त गरेका छन् ।

कबड्डीका बिष्णुदत्त भट्ट वर्ष प्रशिक्षक भएका छन् । वर्ष प्रशिक्षक विधामा भारात्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी मनोनयनमा परेका थिए । यो विधाका उत्कृष्ट भएका प्रशिक्षकले ३० हजार प्राप्त गरे ।

वर्ष युवा खेलाडी भारात्तोलनका हेमन्त पाल भए । यो विधामा फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द मनोनयनमा परेका थिए । यो विधाका बिजेताले २५ हजार प्राप्त गरे ।

सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट विजेता भएका छन् । यो विधामा एथलेटिक्सका आशिष महर र शारिरीक सुगठनका रञ्जित लामा मनोनयनमा परेका थिए । सुदूरपश्चिम आइकन महिला विधामा एथलेटिक्सकी देवकी धामी बिजेता भएकी छिन् । यो विधामा क्रिकेटकी मनिषा बोहोरा र फुटबलकी विर्सना चौधरी मनोनयनमा परेकी थिईन् । सुदूरपश्चिम आइकन पुरुष र महिला विधाका विजेताले २०÷२० हजार प्राप्त गरेका छन् ।

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को लाइफटाइम अचिभमेन्ट अवार्ड तेक्वान्दो प्रशिक्षक गोविन्द बिष्टले पाएका छन् । उनले नगद २५ हजार प्राप्त गरे । स्पेशल अवार्ड पौडीका अथर्व सिंह र कराँतेका प्रदीप वैजाली मगरले संयुक्त रुपमा पाए । उनीहरुले जनही साढे १२÷१२ हजार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकासमन्त्री ओमविक्रम भाट, विशिष्ठ अतिथिद्धय सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकवहादुर सिंह र सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही लगायतले बिजेता र मनोनित खेलाडीहरुलाई पुरस्कार वितरण गरे । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिएको हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected