२० माघ २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति स्वास्थ्य

लागू औषधकै कारण राजसंस्था सखाप भएको हो’

१२ असार  ,काठमाडौं । नार्कोनन नेपालका निर्देशक एवम् पूर्व वरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले नेपालको राजवंश लागू औषधले सिध्याएको दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा बुधबार नेपाल न्युज बैंकसँग कुराकानी गर्दै कुँवरले २ सय ४० वर्ष लामो राजसंस्था सिधिन्नुको मुख्य कारण लागू औषध भएको दाबी गरेका हुन् ।

उनले भने, ‘नेपालको राजवंश लागू औषले नै सिध्यायो, संसारले माया गर्ने माइकल ज्याक्सन त्यसैले सिध्यायो । आउने समाज समेत लागू औषधले बरबाद पार्दै छ । लागू औषध नियन्त्रणको नीति तीनै तहको सरकारले प्राथमिकतामा राख्न आवश्यक छ । यति लामो राजसंस्था त गाँजाले सिध्याउँछ भने आम मान्छे के हालो ? प्रतिवेदनले नै सार्वजनिक गरेको हो नि । गोमान सर्पको विष औषधी हुन्छ भनेर घर घरमा गोमन पाल भन्नु त भएन नि । सरकारलाई चाहिएको हो एकठाउँमा पार्क जस्तो बनाउने तर घर घरमा बाड्ने होइन ।’

नेपालमा अहिले झण्डै सात लाख मानिस लागू औषधको लतमा रहेको भएपनि ६ हजार पाँच सय जना मात्र रिह्याब सेन्टरमा रहेको कुँवले बताए ।

सरकारी रिह्याब सेन्टरको स्थापना गर्नुको सट्टा भएका नीजि रिह्याब सेन्टर समेत बन्द गर्न उद्दत रहेको उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा अहिले झण्डै सात लाख लागू औषध सेवन गर्ने रहेका छन् । रिह्याब सेन्टरहरुमा ६ हजार पाँच सय जना रहेका छन् । बाँकी ६ लाख ९३ हजार जनाले बाहिर समाज भड्काउने र विथोल्ने काम गरिरहेका छन् । रिह्याब सेन्टर त एउटा लागू औषध नियन्त्रण गर्नुपर्छ भन्ने सन्देश मात्र हो । सरकारको एउटा पनि रिहाब सेन्टर छैन । भएका रिहाब सेन्टर पनि बन्द गर्न चाहान्छ । तर, त्यस्तो होइन, बन्द गर्न होइन बरु आफूले पनि खोलने हो । नेपालको संविधानमा नै स्वास्थ्य सरकारको जवाफदेहीता हो । सरकारले एउटा पनि नखोल्ने भएकालाई बन्द गरिदिने ?’

सरकारले ल्याउने बजेट र विदेशबाट आउने बजेटलाई समेत लागू औषध नियन्त्रणमा प्रयोग गर्नुपर्नेमा उनको जोड थियो ।

०००

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।