३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

युरो कप : समूह सीका दुवै खेल बराबरीमा सकिए, सर्विया प्रतियोगिताबाटै बाहिरियो

१२ असार ,काठमाडौं । युरो कप २०२४ मा समूह सीका दुवै खेल बराबरीमा सकिएका छन् । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्वियाले गोलरहित बराबरी खेलेका हुन् ।

गोलरहित बराबरीमा सबै टिमले एक एक अंक जोडेका थिए । इंग्ल्याण्ड ५ अंकका साथ समूह विजेता बन्दै अन्तिम १५ मा प्रवेश गरेको छ ।

यसैगरी अर्को खेलमा डेनमार्क र सर्वियाले पनि गोलरहित बराबरी खेले । डेनमार्क ३ अंकका साथ दोस्रो स्थानमा रहेर अन्तिम १६मा पुगेको छ । डेनमार्क र स्लोभानिया दुवैले तीन तीन खेल नै बराबरी खेलेका थिए । तर, कम पहेँलो कार्डका आधारमा डेनमार्क दोस्रो स्थानमा रहन पुग्यो ।

यसैगरी लगातार तीन खेलमा बराबरी खेलेको स्लोभानिया पनि उत्कृष्ट तेस्रो बन्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो । सर्विया भने प्रतियोगिताबाट बाहिर भएको छ ।

यसैगरी समूह डीको खेलमा अस्ट्रिया जित निकाल्दै समूह बिजेता बनेको छ । अस्ट्रियाले नेदरल्याण्ड्सलाई ३–२ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा रह्यो । अस्ट्रियाले पहिलो गोल उपहार पाएको थियो । नेदरल्याण्ड्सका डोनियल मालेनले आफ्नै पोस्टमा गोल गर्दा अस्ट्रियाले अग्रता लिएको थियो ।

४७ औं मिनेटमा नेदरल्याण्ड्सका कोडी म्याथेसले बराबरी गोल गरेका थिए । ५९ औं मिनेटमा अस्ट्रियाका रोमानोले गोल गरेपछि २–१ को अग्रता लियो ।

७५ औं मिनेटमा नेदरल्याण्ड्सले मेफिस डीपेले बराबरी गोल गरेका थिए । प्रतिस्पर्धात्मक देखिएको खेलमा मार्केल सेबिट्जरले ८० औं मिनेटमा गोल गरेपछि अन्ततः अस्ट्रिया ३–२ को जितका साथ शीर्ष स्थानमा रह्यो ।

यही समूहमा रहेको फ्रान्स र पोल्याण्डले भने एक एक गोलको बराबरी खेले । दुवै टिमले एक एक गोल पेनाल्टीमा गरेका हुन् । ५६ औं मिनेटमा केलियन एम्बाप्पे र ७९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले आफ्ना टिमका लागि पेनाल्टीमा गोल गरेका थिए ।

बराबरीसँगै फ्रान्सले अन्तिम १६ मा स्थान बनाउँदा पोल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट उत्कृष्ट तेस्रो बन्दै नेदरल्याण्ड्सले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

प्रतियोगिता अन्तर्गत आज पनि ४ वटा खेल हुने छन् । समूह ईका स्लोभाकिया र रोमानिया, युक्रेन र बेलजियम भिड्दा समूह एफका चेक गणतन्त्र र टर्की तथा जर्जिया र पोर्चुगल आमने सामने हुने छन् । पहिलो खेल राति पौने १० बजे सुरुहुने छ भने दोस्रो खेल राति पौने १ बजे सुरुहुने छ ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected