९ पुष २०८२, बुधबार
अर्थ मुख्‍य समाचार

दोलखाको जिरी नगरपालिकाको बजेट ५५ करोड

११ असार, रामेछाप । दोलखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले ५५ करोड ९ लाखको बजेट ल्याएको  छ ।

नगपालिकाले सोमबार आर्थिक वर्ष २०८१÷०८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभामा नगरप्रमुख मित्रबहादुर जिरेलले नीति तथा कार्यक्रम र उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले बजेट सार्वजनिक गरे ।

आगमी आर्थिक वर्षको लागि प्रस्तुत् गरिएको बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा २ करोड ६६ लाख ५ हजार रुपैयाँले बढी हो । नगरपालिकाले पूँजीगततर्फ १८ करोड ३५ लाख अर्थात् ३३ दशमलव ३० प्रतिशत र चालुतर्फ ३६ करोड ७४ लाख ८८ हजार अर्थात् ६६ दशमलव ७० प्रतिशत बजेट विनियोजन गरेको छ ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने