३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

कोपा अमेरिका : ब्राजिल र कोस्टारिकाले अंक बाँडे

११ असार, काठमाडौं । कोपा अमेरिका २०२४ मा ब्राजिल र कोस्टारिकाले अंक बाँडेका छन् ।समूह डीमा रहेका यी दुई टिमले गोलरहित बराबरी खेल्दै तालिकामा एक– एक अंक लिएका हुन् ।

खेलको ३० औं मिनेटमा ब्राजिलका मार्किन्होसले गरेको गोललाई भिडिओ एसिस्टेन्ट रेफ्री (भार)ले मान्यता नदिँदा अग्रता लिन चुकेको थियो । ७३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि ब्राजिलले गोल गर्न नसक्दा एक अंकमा चित्त बुझायो ।

बराबरीसँगै पहिलो खेलमा एक –एक अंक जोडेको ब्राजिल देस्रो तथा कोस्टारिका तेस्रो स्थानमा छ ।

यही समूहमा रहेको अर्को खेलमा कोलम्बिायाले विजयी सुरुआत गरेको छ । मंगलबार बिहान सकिएको खेलमा समूह डीमा रहेको कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक– एक गोल गर्दा पाराग्वेका लागि जुलियो इनसियोले एक गोल फर्काए ।

३२ औं मिनेटमा जेम्स रोड्रिगेजको पासमा डेनियल मुनोजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

४२ औं मिनेटमा रोड्रिगेजकै पासमा जेफरसनले गोल गर्दै अग्रता दोब्बर बनाए । ६९ औं मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले रामोन सोसाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार टार्न त्यो गोल पर्याप्त भएन ।

जितसँगै कोलम्बिाले समूह डीमा ३ अंक लिएर शीर्ष स्थानमा छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected