२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

बागमती प्रदेश सभाको बैठक बस्दै

११ असार, काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रदेशसभा हलमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१\८२ को विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

आज उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रलाय, स्वास्थ्य मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालयको आर्थिक विनियोजनमाथि मन्त्रालयगत छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

यसअघि पनि गत शुक्रबार बसेको प्रदेशसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आवको बजेटमाथि छलफल भएको थियो।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।