१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

अमेरिकासँग इजरायलअसन्तुष्ट

१० असार, काठमाडौँ । अमेरिकाले इजरायलमा हतियार पठाउन कटौती गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले असन्तुष्टि जनाएकाछन् । आइतबार जेरुसेलममा बसेको मन्त्रिपरिषद्को बैठकपछि इजरायलकाप्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक विज्ञप्ति जारी गर्दै चार महिनाअघिदेखि अमेरिकाबाट इजरायलमाआउने हतियारमा उल्लेख्य कमीआएको बताएकाहुन् । उनले हतियार आपुर्ति बढाउनकालागि अमेरिकीअधिकारीसँग कुरा गरेको पनिउल्लेख गरेका छन् ।

मेमा, अमेरिकीबाइडेन प्रशासनले इजरायललाई हतियार कटौतीमाकमी गर्ने बताएको थियो । इजरायलले रफाहमाप्रयोग गर्नका लागि अमेरिकासँग बम आपुर्ति गर्न माग गरेको थियो । तर, अमेरिका रफाहमा इजरायलले गरेको कारबाहीको विपक्षमा रहेकाले हतियार आपुर्ति कम गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।
नेतन्याहुको टिप्पणी इजरायलका परराष्ट्रमन्त्री योग ग्यालेन्टशनिबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेपछिआएको हो ।

यो भग्यालेन्टगाजा, लेबनानको अवस्था र इरानबाटआएको खतराबारे छलफल गर्न अमेरिका पुगेका छन् । नेतन्याहुले जुलाई २४ मा कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

इजरायलको मन्त्रिपरिषद् बैठकमानेतान्याहुले मेजर जनरलको नियुक्तिको घोषणापनि गरेका थिए । उनले दक्षिणमा र लेबनानी सीमानजिकबसोबास गर्ने नागरिकहरूलाई निर्वासन गर्न येफ्ताह रोन–ताल र भाइस एडमिरल एलिजर मारोमलाई नियुक्त गरेका हुन् । गतवर्ष अक्टोबरमा हिजबुल्लाहआतंककारीहरूले यी क्षेत्रहरूमा दैनिक रकेट प्रहार गरिरहेका थिए, जसका कारण ६० हजार इजरायलीहरू विस्थापितहुनुपरेको थियो । इजरायल र हमासबीचको युद्धगतअक्टोबर ७ देखि सुरु भएको हो ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण