३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

कोपा अमेरिकामा पानामालाई ३–१ गोल अन्तरले हराउँदै उरुग्वे समुहको शीर्ष स्थानमा

१० असार, काठमाडौं । स्टार खेलाडी लुईस सुवारेजविनै मैदान उत्रिएको उरुग्वेले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ । सोमबार भएको खेलमा उरुग्वेले पानामालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा म्याक्सिमिलानो जाभियर आरुगो, डार्विन ग्याब्रिएल नुनेज र मेटिस निकोलस भिनाले एक एक गोल गर्दा पानामाका मिचेल अमिर मुरिलोले एक गोल फर्काए ।

फ्लोरिडामा भएको खेलमा उरुग्वेले १६ औं मिनेटमा अग्रता लिएको थियो । मेटिसको पासमा म्याक्सिमिलानोले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल भएको खेलमा दुवै तर्फबाट बाँकी ३ गोल दोस्रो हाफमा निस्किएका थिए ।

८५ औं मिनेटमा नुनेजले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा मेटिस निकोलसले डिइगो निकोलसको पासमा गोल गरेपछि उरुग्वे ३–० को सहज अवस्थामा पुगेको थियो ।

तर, अतिरिक्त चौथो मिनेटमा पानामाका फेड्रि गोनडोलाको पासमा मुरिलोले गोल गर्दै अन्तर ३–१ मा झारे पनि हार टार्न पर्याप्त भएन ।

जितसँगै कोपा अमेरिकाको समूह सीमा उरुग्वेले ३ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा राखेको छ । यही समूहका अमेरिकाले पनि सोमबार जित निकाल्दै तीन अंक जोडेको थियो । अमेरिका दोस्रो स्थानमा रहँदा पानामा र बोलिभिया अंकविहिन हुँदै तालिकाको तेस्रो र चौथो स्थानमा छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected