३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

राजन पुरिले जिते ब्लिज चेस उपाधि

९ असार, ललितपुर । प्रथम टंगल टोल सुधार समिति खुल्ला ब्लिज बुद्धिचाल प्रतियोगिताको उपाधि राष्ट्रिय शीर्ष खेलाडी राजन पुरिले जितेका छन्। ललितपुरको रातो मच्छिन्द्र नाथ बहालमा सम्पन्न ९ चरण द्रुतगतिको ब्लिज खेलमा राजनले ८ मा जित र एक हार ब्यहोर्दै ८ अंक जोडेर नगद ७ हजार , ट्रफि , मेडल प्रमाणपत्र प्राप्त गरेका छन्।

खुल्ला बुद्धिचाल ब्लिज प्रतियोगितामा श्रीलंकाकी महिला खेलाडी डब्लुआइएम सचिनि रनासिंघे ललितपुर महा नगरपालिका वडा नं. ११ वाट प्रतिनिधित्व गर्दै महिला प्रथम हुन सफल बने। उनले नेपाली शीर्ष पुरुष खेलाडीहरुसंग कडा प्रतिस्पर्धा गर्दै ५.५ अंक बनाएका छन्।

टंगाल टोल सुधार समितिका अध्यक्ष शारदा चित्रकारको प्रमुख सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजेतालाई पुरस्कार वितरण गरेका हुन्। टंगल टोल द्वारा आयोजित प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्ने पूर्व नेपाल च्याम्पियन एफएम रूपेश जैसवाल ७ जित , एक बराबर र एक खेलमा पराजित हुँदै ७.५ अंक जोडेर नगद रू ५ हजार , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

ललितपुरका युवा खेलाडी सुरोज महर्जनले ७.५ अंक बनाएर तेश्रो स्थानमा रहि नगद रू ४ हजार , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। समान ७.५ अंक हासिल गर्दै भक्तपुरका भेट्रान खेलाडी गणेशमान दुवाल चौथो स्थानमा उभिन सफल बनेका छन्। उनी संगै ललितपुरका लिना महर्जनले महिला द्वितीय स्थान प्राप्त गरेका छन्।

ललितपुर महानगरपालिका बुद्धिचाल संघको सहयोग रहेको ब्लिज चेस खेलमा एफएम क्षितिज भण्डारी पाँचौ , सर्लाहीका गोविन्द पौडेल छैटौं , काठमाडौ मखनका प्रेमकृष्ण सातौं, ललितपुरका कमल श्रेष्ठ आठौं, काठमाडौका महेश्वर लाल डंगोल नवौं र काठमाडौका राजेन्द्र बज्राचार्य दशौं स्थानमा रहन सफल भएका छन्।

एकदिने बुद्धिचाल प्रतियोगितामा टोल विजेता प्रकाश राजकर्णीकार, द्वितीय प्रतीक रञ्जितकार र तृतीयमा अर्जुन रञ्जितकारले ६ हजार नगद प्राप्त गरेका छन्। पुरस्कार प्राप्त गर्नेमा अनरेटेड तर्फ द्रिका लामा प्रथम र राम कृष्ण भण्डारी द्वितीय बनेका छन्।

यसैगरी ललितपुरका ५५ वर्ष माथि भेट्रान खेलाडी कृष्णमान महर्जनले भेट्रान प्रथम पुरस्कार खाए भने पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकार द्वितीय भएका छन्। ललितपुर स्थानीय च्याम्पियन सानुभाइ बन्ने सौभाग्य महर्जनले प्राप्त गरेका छन्। उनले अन्तिम खेलमा राजु ताम्राकार माथि कठिन जित निकालेका थिए।

युवा १८ मा सम्यक श्रेष्ठ , युवा १६ मा आर्यन अग्रवाल, युवा १४ मा अंकुर पोखरेल, अन्डर १८०० रेटिङ्गमा संगम श्रेष्ठ र अन्डर १६०० मा निर्जन मानान्धर अब्बल रहे। प्रतियोगिताका संयोजक समीर रञ्जितकारले सञ्चालन गरेको समापन समारोहमा ललितपुर महानगरपालिकाका १९ नं वडा सदस्य बिरेन्द्र ताम्राकार , महासंघका कोषाध्यक्ष तारा बहादुर रानाभाट, सदस्य निरञ्जन प्रजापति र ललितपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष प्रविण ताम्राकारले पुरस्कार वितरण गरेको थियो। ब्लिज प्रतियोगिता सिनियर राष्ट्रिय निर्णायक साराज ताम्राकारको प्रमुख निर्णायकमा सम्पन्न भएको छ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected