३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

अस्ट्रेलिया २१ रनले पराजित, दुवै टोलीको सेमिफाइनल खेल्ने सम्भावना भने कायमै

९ असार, काठमाडौं । टी–२० विश्वकपको सुपर एट खेलमा अफगानिस्तानले अस्ट्रेलियालाइ २१ रनको पराजित गरेको छ । यो सँगै अफगानिस्तानले सेमिफाइनल खेल्ने सम्भावनालाई कायम राखेको छ । विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरेको यो पहिलो पटक हो ।

अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजेपछि अफगानिस्तानले पहिले ब्याटिङ गर्दै १ सय ४९ रनको लक्ष्य दिएको थियो ।

लक्ष्य पछ्याउने क्रममा धिमे सुरुवात गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा १२७ रन जोडेर अल आउट भयो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले यो सिजनकै उम्दा पारि पारी खेले ।  ४१ बलको सामना गरेका उनले ६ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाए । कप्तान मिचेल मार्शले १२, मार्कस स्टोइनिसले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अफगानस्तानका  गुलाबुद्दिन नाबीले सर्वाधिक ४ विकेट लिए भने नवीन उल हकले ३ विकेट लिए ।  यस्तै, अजमतुल्लाह उमरजई, मोहम्मद नाबी, राशिद खानले समान एक–एक विकेट आफ्नो नाम गराए ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो ।

राम्रो सुरुवात गरेको अफगानस्तानका लागि ४९ बल खेलेका गुरबाजले ४ चौका र ४ छक्काको मद्दतमा ६० रनको पारि खेलेका थिए । यस्तै, इब्राहिम जद्रानले ५१ रन, करिम जन्नतले १३, मोहमद नबीले अविजित १० रन बनाए ।

अस्टे«ेलियाको लागि प्याट ममिन्सले जारी विश्वकपमा आफ्नो दोस्रो ह्याट्रिक पूरा गरे । उनले राशिद खान, करिम जन्नत र गुलाबुद्दिन नबीको विकेट लिए ।

यस्तै, एडम जाम्पाले एकै ओभरमा दुई विकेट लिए । उनले १६.३ ओभरमा अजमतुल्लाह उमरजाई र १६.६ ओभरमा इब्राहिम जद्रानलाई आउट गराए । मार्कस स्टोइनिसको नाम एक विकेट रह्यो ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected