७ माघ २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार राजनीति

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको विजयी सुरुवात

७ असार, काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । शुक्रबार विहान भएको ४८ औं कोपा अमेरिकाको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । गोलरहित बराबरीमा पहिलो हाफ सकिएको थियो । अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा निकालेको हो । खेलको ४९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले म्याक एलिस्टरको पासमा गोल गरेका हुन् ।

खेलको ८८ औं मिनेटमा अल्भारेजले कप्तान लियोनल मेस्सीको पासमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो । त्यसपछि बाँकी समयमा दुवै टिमबाट गोल नभएपछि अन्ततः अर्जेन्टिनाले २–० को जित पक्का गर्न सफल भयो ।  जितपछि समूह ए मा अर्जेन्टिनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected