३ फाल्गुन २०८२, आईतवार
खेलकुद समाचार

एनओसी अवार्ड आइतबार

६ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आउँदो आइतबार विभिन्न १० विधामा एनओसी अवार्ड प्रदान गर्ने भएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजन गर्दै एनओसीले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा जुन २३का दिन अवार्ड वितरण गर्ने जानकारी दिएको हो ।

तेश्रो संस्करणको अवार्डमा एनओसी उत्कृष्ट पारा खेलाडी, एनओसी उत्कृष्ट पुरुष÷महिला खेलाडी, एनओसी उत्कृष्ट पुरुष÷महिला प्रशिक्षक र एनओसी उत्कृष्ट संघलाई अवार्ड प्रदान गरिने एनओसीका सदस्य समेत रहेका अवार्ड आयोजक कमिटीका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले जानकारी दिए ।

अवार्डमा पारा विधा पहिलोपटक समावेश गरिएको उनको भनाइ थियो ।

त्यस्तै, खेलकुद पत्रकारितातर्फ छापा, अनलाइन, टेलिभिजन र फोटो विधामा ४ जनालाई पुरस्कृत गरिने छ ।

प्रत्येक विधाका विजेतालाई प्रशंसा पत्रसहित जनही ५० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

सोही अवसरमा ‘एनओसी प्रेसिडेन्ट रिकोग्निसन’ पनि प्रदान गरिने एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले जनाएका छन् ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले कार्यक्रमले ओलम्पिकको मूल्य र मान्यतालाई स्थापित गराउन र खेलकुदको विकासमा टेवा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected