३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

बृहत बामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको विकल्प छैन : सापकोटा

‍६ असार, काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बृहत बामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको विकल्प नरहेको बताएका छन् ।

राजधानीको संवाद डबलीमा ४७ औँ जुगेडी किसान संघर्ष दिवस तथा ३३ औँ किसान संघर्ष दिवसको अवसरमा बिहीबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले समाजवादी व्यवस्थाका लागि कम्युनिस्टहरुको बलियो उपस्थिमा मात्रै सम्भव हुनेसमेत बताएका हुन् ।

जनताले स्थायी सरकार र सत्ता चाहेको र कम्युनिस्टहरु एकताले मात्रै जनताको सपना पुरा गर्ने सापकोटाको भनाइ छ ।

पछिल्लो समयमा सस्तो लोकप्रियतावादीहरुले जनतालई व्यापक मात्रामा भ्रम फैलाएको बताउँदै भने, ‘लोकप्रियतावादीहरुले ठूलठूलो स्वरमा देश भक्तिको नौटंकी गरिरहे पनि त्यसको वास्तविक पहरेदार माओवादी मात्रै हो भ्रमित हुनुहुँदैन ।’

त्यस्तै, आयोजक संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले जुगेडी किसान बिद्रोहको स्मरण गर्दै अहिले पनि जनतालाई शोषण र दमन गर्र्ने प्रक्रिया नरोकिएकोप्रति रोष व्यक्त गरे ।

उनले भने, ‘जनताको बिद्रोहको बलमा धर्मराज मुल्मीको सबै माल–सामान कब्जा गरेर जनताले बाँड्नै लागेको समयमा प्रहरीले हस्तक्षेप गरी दुईजना किसानको हत्या भयो आज पनि राज्य उस्ताको उस्तै छ ।’

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले धर्मराज मुल्मी जस्तै हजारौं लघुवित्तीय शोषकहरुको बोलवाला रहेको आरोप लगाए ।

०००

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।