३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज : कप्तान पौडेल

६ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज भएको बताएका छन् ।

नवौं संस्करणको टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ब्याटिङका लागि पिच असहज भएको र आफूहरुलाई नाइट गेम खेल्ने बानी नपरेको अनुभव बाँडेका हुन् ।

उनले भने, ‘पहिलो गेममा पनि त्यतिकै कन्फिडेन्स नै थियो । हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो । हरेक खेलमा राम्रो स्कोर कसैले गर्न सकिरहेका थिएनन् । हामीलाई नाइट गेमको बानी पनि थिएन । टी–२० खेलहरु राति मात्र हु्न्छन् । हामीले त्यसरी खेलेका थिएनौं । नाइट गेमले महत्वपूर्ण रोल खेलेको जस्तो छ ।’

दक्षिण अफ्रिकासँगको खेलमा भने ब्याटिङ युनिटको केही कमजोरी भएको उनले स्वीकारेका छन् ।

त्यस्तै कप्तान पौडेलले खेलाडीलाई इंिगत गरि गाली नगरीदिन क्रिकेट समर्थकहरुलाई आग्रह गरे ।

आफ्नो यात्रा समूह चरणमै टुंग्याएको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको थियो । दुई समूहमध्ये पहिलो समूह आज बिहान १ बजे नेपाल अवतरण गरेको हो भने अर्को समूह बिहान १० बजे आइपुगेको हो ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected