१७ फाल्गुन २०८२, आईतवार
जीवनशैली समाचार समाज

भारतः परोपकारमा सहभागी भएर आफ्नो जन्मदिन मनाउन राहुलको निर्देशन

५ असार,  काठमाडौं । नेहरु गान्धी परिवारको नेतृत्व गरिरहेका भारतीय कांग्रेसका नेता राहुल गान्धी आज ५४ वर्ष टेकेको अवसरमा वधाई र शुभकामना पाईरहेका छन् । उनलाई पूर्खाले स्थापना गरेको र भारतमा लामो सयम राजकाज चलाएको दल कांग्रेस आईले विभिन्न विशेषण सहित वधाई दिएको छ ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले आज ५४ वर्षको उमेरमा राहुललाई जन्मदिनको शुभकामना दिँदै संविधानका मूल्यहरूप्रति उनको अटल प्रतिबद्धताको गुण र लाखौं अपरिचित आवाजहरूको लागि उनको दयालु व्यवहारले फरक पहिचान बनाएको उल्लेख गरेका छन् । कांग्रेसका पूर्व अध्यक्ष र रायबरेलीका सांसद राहुलले सबै कांग्रेस कार्यकर्ताहरूलाई कुनै पनि भव्य समारोहहरू नगर्न र परोपकारमा संलग्न भएर आफ्नो जन्मोत्सव मनाउन निर्देशन दिएका छन् ।

‘विविधतामा एकता, सद्भाव र करुणाको कांग्रेस पार्टीको लोकाचार तपाईंका सबै कार्यहरूमा देखिन्छ, तपार्इंले सत्तालाई सत्यको ऐना देखाउँदै अन्तिम व्यक्तिको आँसु पुछ्ने अभियान जारी राख्नुहुनेछ’ भन्दै कांग्रेस अध्यक्षले शुभकामना दिएका छन् । तमिलनाडुका मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले पनि राहुललाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।  उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले राहुललाई जन्मदिनको शुभकामना दिएका छन् ।

कांग्रेस महासचिव केसी वेणुगोपालले, ‘म हाम्रा प्रिय नेता राहुलजीलाई जन्मदिनको शुभकामना दिन करोडौं भारतीयहरूसँग सामेल छु !’तेलंगानाका मुख्यमन्त्री ए रेभान्थ रेड्डीले पनि राहुललाई यस अवसरमा शुभकामना दिए र उनको व्यक्तित्व सबै बाधाहरूसँग लड्ने बताए ।

 

 

 

 

 

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected