३० फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

अफगानिस्तानलाई वेस्टइन्डिजले दियो २१९ रनको विशाल लक्ष्य

४ असार, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य दिएको छ । वेस्टइन्डिज र अफगानिस्तान दुवै जारी विश्वकपको सुपर आठमा प्रवेश गरिसकेका छन् ।

टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ५ विकेट गुमाएर २१८ रन बनायो ।

सुरुआत भने खास रहेन । आक्रामक सुरुआत गर्ने चक्करमा टिमको स्कोर २२ रन पुगेका बेला ब्रेन्डन किंग ६ बलमा ७ रन बनाएर आउट भएका थिए । त्यसपछि जोनसन चार्लेस र निकोलस पुरन मिलेर पारि अघि बढाए । ८ ओभरमा १०२ रन पु¥याए । जोनसन चार्लेस २७ बलमा ४३ रन बनाएर आउट भए ।

उनले ८ चौका प्रहार गरे । एक छेउमा पुरन रहे पनि क्रिजमा आएका साइ होपले १७ बलमा २५ रन बनाएर आउट हुँदा कप्तान रोभमन पावेलले १५ बलमा २६ रन बनाए । पाँचौं विकेटको रुपमा निकोलस पुरन आउट भएका थिए । उनले ५३ बलमा ८ छक्का र ६ चौकाको मद्दतले ९८ रन बनाएर रनआउट भए । आन्द्रे रसेल ३ तथा सेरफन रुथफोर्ड १ रनमा नटआउट रहे ।

अफगानिस्तानका गुलावद्दिन नइबले २ विकेट लँदा अज्मतुल्लाह ओमरजाई र नभिन उल हकले एक एक विकेट लिए । विश्वकपमा वेस्टइन्डिले बनाएको २१९ रन नै सर्वाधिक धेरै रन हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected