१७ कार्तिक २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय खेलकुदका पदक विजेतालाई नगदसहित सम्मान

२ असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

मन्त्रालयले आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै विभिन्न प्रतियोगितामा सहभागी भइ पदक जित्ने खेलाडीहरुलाई सम्मान गरेको हो ।

नगदसहित सम्मानित हुनेमा १९औं एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९औं एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आइसीसी मेन्स टी–२० वल्र्ड कप फाइनल एसियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मानित गरेको हो ।

सम्मान समारोहमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघका सचिव पारस खड्का लगायतको उपस्थिति थियो ।

समारोहमा क्यानका सचिव खड्काले नेपाल १० वर्षपछि विश्वकपमा सहभागी भएको उल्लेख गर्दै अब विश्वकपमा सहभागी हुन त्यति लामो अवधि कुर्नु नपर्नेगरि घरेलु संरचनाको निर्माणमा सरकारको ध्यान जान आवश्यक रहेको बताए । विश्वकपमा सहभागी खेलाडीहरुको प्रदर्शनबाट आउँदो पुस्ता समेत प्रेरित हुने भनाइ उनले राखे ।

उनले भने, ‘नेपालले विश्वकप खेल्दैगर्दा जुन माया हामीले देश र विदेशबाट पाइरहेका छौं, यसबाट अबको पुस्ता समेत प्रेरित हुनेछ । नेपाल विश्वकप खेल्नका लागि १० वर्ष कुर्नु पर्यो । हामी आशा गरौं कि अब विश्वकपमा हामी सहभागी हुनको लागि १० वर्ष कुर्ने छैनौं । त्यसका लागि घरेलु संरचना खेलकुदको विकासका लागि महत्वपूर्ण पक्ष हो । यसको विकासका लागि हामीले हातेमालो गर्दै अगाडि बढ्न आवश्यक छ । यसका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित सबै निकायको ध्यान जान आवश्यक छ ।’

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected