३० फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

अष्ट्रेलियाले जिते इंग्ल्यान्ड सुपर-८ मा पुग्ने

२ असार, अमेरिका – साविक विजेता इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा नामिबियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ४१ रनले हराएको छ । योसँगै इंग्ल्यान्डको समूह बी बाट शीर्ष दुईमा रहँदै सुपर–८ मा खेल्ने सम्भावना उच्च बनेको छ ।

१२३ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ८४ रन बनायो । नामिबियाका माइकल भान लिंगेनले २९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३३ रन बनाए । निकोलस डेविन १८ र डेविड विजाले २७ रन जोडे । इंग्ल्यान्डका क्रिस जोर्डन र जोफ्रा आर्चरले १–१ विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले १० ओभरमा ५ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । इंग्ल्यान्डका ह्यारी ब्रुकले २० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । जोनी बेयरस्टोले १८ बलमा ३ चौका र २ छक्कासहित ३१, फिलिप साल्ट ११, जस बटलर शून्य, मोईन अली १६ र लियाम लिभिङस्टोनले १३ रन जोडे ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले २, डेविड विजा र बेनार्ड स्कोल्ट्जले १–१ विकेट लिए । समूह बी मा इंग्ल्यान्ड ४ खेलमा २ मा जित, १ मा हार र १ खेल नतिजा विहीन हुँदा ५ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड ३ खेलमा २ मा जित र १ खेल नतिजा विहीन हुँदा ५ अंकका साथ नेटरनरेटका कारण तेस्रो स्थानमा छ । इंग्ल्यान्डको नेटरनरेट ३.६११ र स्कटल्यान्डको २.१६४ छ ।

अष्ट्रेलिया र स्कटल्यान्डबीच बिहान ६ : १५ मा खेल हुँदैछ । उक्त खेलमा अष्ट्रेलिया विजयी भएमा इंग्ल्यान्ड नेटरनरेटको कारण सुपर–८ मा पुग्नेछ । तर स्कटल्यान्ड विजयी भएमा वा वर्षाको कारण रद्द भएमा भने इंग्ल्यान्ड बाहिरिनेछ । अष्ट्रेलिया सुरुवाती तीन खेलमा जितका साथ सुपर–८ मा पुगी सकेको छ ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected