८ पुष २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार

आइसीसी टी–२० विश्वकप : समूह सीबाट वेस्टइन्डिज र अफगानिस्तान सुपर एटमा

३२ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘सी’ बाट सुपर एटमा पुग्ने दुवै टिमको टुंगो लागेको छ । वेस्टइन्डिज यसअघि नै तीन खेल जित्दै सुपर एटमा पुगि सक्दा शुक्रबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ७ विकेटको जित निकाल्दै अफगानिस्तानले पनि सुपर एटमा स्थान पक्का गर्न सफल भयो । योसँगै न्युजिल्याण्ड, युगान्डा र पीएनजी प्रतियोगिताबाट बाहिर भएका छन् ।

अफगानिस्तान र वेस्टइन्डिज दुवै टिमले समान तीन–तीन जित निकाल्दा रनरेटका आधामा अफगानिस्तान शीर्ष स्थानमा रहेको छ । अब यी दुईको समूह चरणको अन्तिम खेलबाट पहिलो र दोस्रो टिमको टुंगो लाग्ने छ ।

अफगानिस्तानले शुक्रबार पीएनजीलाई ७ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको पीएनजीले १९.५ ओभरमा सवै विकेट गुमाएर ९५ रन बनाएको थियो । किप्लिन डोरिगाले सर्वाीधक २७ रन बनाउँदा एले नओले १३ रन जोडे । यस्तै ओपनर टोनी उराले ११ रन बनाउँदा अरुले दोहोरो अंकमा स्कोर गरेनन् । तीन खेलाडीले खाता खोल्न असफल रहे ।

अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट लिँदा नभिन उल हकले २ विकेट हात पारेका थिए । नुर अहमदले एक विकेट लिँदा पीएनजीका चार खेलाडी रनआउट भए ।

९६ रनको लक्ष्यसहित मैदान उत्रिएको अफगानिस्तानको सुरुआत भने खराब रहेको थियो । ८ रन हुँदा इब्राहिम जर्दान खाता नै नखोली आउट भएका थिए । त्यसपछि २२ रन हुँदा अर्का ओपनर रमनुल्लाह गुर्वाज ७ बलमा ११ रन बनाएर आउट भए ।

गुलावद्दिन नइब र अज्मतुल्लाह ओमरजाइले पारि सम्हालेका थिए । ८.४ ओरभमा ५५ रन बनेका बेला अज्मतुल्लाह १३ रन बनाएर आउट भए । गुलावदिन र मोहम्मद नावीले अन्त्यमा अफगानिस्तानलाई जिताए । गुलावदिनले ३६ बलमा ४९रनको नटआउट पारि खेल्दा दुई छक्का र चार चौका प्रहार गरे । यसैगरी नावीले २३ बलमा १६ रनको नटआउट पारि खेल्दा एक चौका प्रहार गरेका थिए ।

पीएनजीका एले नाओ, सिमो कामेरा र नोर्मान भानुआले एक एक विकेट लिए ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected