३० फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

विश्वकप क्रिकेट : नेदरल्याण्डस्‌लाई हराउँदा बंगलादेशको ‘सुपर एट’ सम्भावना कायमै

३२ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले सुपर एटको सम्भावना कायमै राखेको छ । विहीबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै सम्भावना कायमै राखेको छ । समूह डीमा नेपाल पनि सहभागि रहेको छ । दक्षिण अफ्रिका यसअघि नै सुपर एटमा पुगिसकेको छ भने दोस्रो टिमबीच प्रतिस्पर्धा जारी छ ।

पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो ।  जवाफमा नेदरल्यान्ड्सले पुरै ओभर खेलेर ८ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सकेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशको सुरुवात खासै हुन सकेन । कप्तान नाजमुल हुसेन शान्तो दोस्रो ओभरमा मात्र १ रन बनाएर पभेलियन फर्किए । लिटन दास पनि १ रन बनाएर आउट भए ।

त्यसपछि तान्जिद हसन र शकिब अल हसनबीच ४८ रनको साझेदारी गर्दा बंगलादेशको स्कोर ७१ पुगेको थियो । तान्जिदले २६ बलमा पाँच चौका र एक छक्काको मद्दतले ३५ रन बनाए । तौहिद हृदयको ब्याट चलेन । उनले जम्मा ९ रन जोडे । बंगलादेशले १३ औं ओभरमा ८९ रनको स्कोरमा चौथो विकेट गुमाएको थियो ।

जारी विश्वकपमा खराब फर्मसँग संघर्ष गरिरहेका अनुभवी शाकिबले एक छेउबाट विकेट जोगाउँदै महमुदुल्लाहसँग ४१ रनको साझेदारी गर्दै स्कोर १३० पु¥याएका थिए । शकिबले ३८ बलमा अर्धशतक पूरा गरेका थिए भने ४६ बलमा ९ चौकाको मद्दतले ६४ रनमा नटआउट रहे । अन्तिममा जाकिर अलीले ७ बलमा १४ रनको उत्कृष्ट इनिङ खेले । नेदरल्यान्ड्सका आर्यन दत्त र पल भान मिकरेनले समान २–२ विकेट लिए ।

लक्ष्य पछ्याउँदा नेदरल्यान्ड्सको सुरुवात पनि खास भएन र दुबै ओपनर पावरप्लेमा नै आउट भएका थिए । माइकल लेभिटले १८ रन र म्याक्स ओडाउडले १२ रनको योगदान दिए । पावरप्ले सकिएपछि नेदरल्याण्ड्सलाई १० औं ओभरमा ६९ रनमा तेस्रो झटका लागेको थियो भने विक्रमजीत सिंह १६ बलमा २६ रन बनाएर बाहिरिए ।

सिब्रान्ड एङ्गलब्रेट र कप्तान स्कट एडवर्ड्सले स्कोर १०० भन्दा माथि पुर्याए । यो साझेदारी रिशाद हुसेनले तोडे । १५औं ओभरमा १११ रनको स्कोरमा इङ्गलेब्रेट (३३) आउट भए । सोही ओभरमा बास डे लिड पनि खाता खोल्न नदिई पभेलियन फर्किए । एडवर्ड्सले २३ बलमा २५ रन बनाएर १७ औं ओभरमा ११७ रन पुर्याए । सोही क्रममा लोगान भान बेक १८ औं ओभरमा २ रन बनाएर आउट भए । यसरी नेदरल्याण्डको स्कोर ११७ रन बनाउँदा ७ विकेट गुम्न पुगेको थियो ।

अन्तिम ओभरमा टिमलाई जितका लागि ६ बलमा ३३ रन चाहिएको थियो तर ७ रन मात्रै बन्यो । टिम प्रिन्गल (१) अन्तिम बलमा रनआउट भए । त्यस्तै आर्यन दत्तले १५ रन बनाएर अविजित रहे । बंगलादेशका लागि रिशाद हुसेनले सर्वाधिक ३ विकेट लिए ।

दक्षिण अफ्रिकाले समूह डी बाट अहिलेसम्म ३ खेल खेलेको छ र सबै खेलमा जित निकाल्दै ६ अंकसहित सुपर ८ मा स्थान सुरक्षित गरेको छ । योसँगै बंगलादेश पनि ३ खेलबाट ४ अंकसहित दौडमा छ । तर, नेदरल्यान्ड्सको ३ खेलबाट २ अंक छ भने नेपालको २ खेलबाट १ अंक छ । नेदरल्यान्ड्सले आफ्नो अन्तिम खेल श्रीलंकासँग खेल्नुपर्नेछ जुन पहिले नै प्रतियोगिताबाट बाहिरिएको छ र नेट रन रेट सुधार गर्न ठूलो अन्तरले जित्नुपर्नेछ । यससँगै नेपालले आफ्नो अर्को दुई खेल दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नुपर्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected