३० फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

ओमानमाथि ८ विकेटको  जितसँगै इंग्ल्याण्डको सुपर एटमा पुग्ने सम्भावना यथावत

३२ जेठ, काठमाडौं । टी–२० विश्वकपमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको छ । एन्टिगुवाको सर भिभियन रिचर्ड्स रंगशालामा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको थियो ।

बलिङतर्फ उत्कृष्ट प्रदर्शनका कारण ओमानको टोली ४७ रनमा मात्रै अलआउट भयो । जवाफमा इङ्ल्यान्डका ब्याट्सम्यानले ३.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।

इंग्ल्याण्डका लागि खेल एकतर्फी रह्यो । ओमानका सोहेव खानले ११ रन बनाउँदा अरु १० ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन् । ओमानले विश्वकप २०२४ का सबै खेल हारेको छ ।

इंग्ल्याण्डका स्पिनर आदिल रसिदले ४ विकेट लिए । मार्क वुड र जोफ्रा आर्चरले ३–३ विकेट लिए ।

४८ रनको जवाफी लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डका कप्तान जोस बटलरले २४ रन बनाए । उनले ८ बल फेस गर्दा १ छक्का र चार चौका प्रहार गरे । यसैगरी फिल साल्ट १२ रनमा आउट हुँदा ३ बल फेस गरे । उनले २ छक्का प्रहार गरे । दोस्रो विकेटको रुपमा विल ज्याक ५ रनमा पभेलियन फर्किएका थिए । कप्तान बटलरलाई जोनी वेरिस्टोले २ बलमा ८ रनकोन टआउट पारि खेल्दै साथ दिएपछि इंग्ल्याण्डले सहजै जित निकाल्न सफल भयो ।

यो जितसँगै इंग्ल्याण्डको प्लेअफको आशा बढेको छ । स्कटल्याण्डको ५ अंक छ । इंग्ल्याण्डको ३ अंक छ । इंग्ल्याण्डलाई ठूलो अन्तरले जित्न आवश्यक थियो । अब स्कटल्याण्डले अन्तिम खेलमा अष्ट्रेलियासँग पराजय भोगेमा र इंग्ल्याण्डले नामेवियालाई पराजित गरेमा सुपर एटमा पुग्ने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected