Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

लुगा धुनेक्रममा करेन्ट लागेर एकको मृत्यु, एकजना घाइते

News and Updates
11 महिना अघि

३१ जेठ, विराटनगर। मोरङमा  लुगा धुनेक्रममा करेन्ट लागेर  एकजना महिलाको मृत्यु भएको छ भने एकजना महिला घाइते भएकी छन् ।

जहदा गाउँपालिका-१ झैलाचोकमा बिहीबार मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लाग्दा ४५ वर्षीय रेवतीदेवी सरवरियाको मृत्यु भएको हो ।

२५ वर्षीया चन्द्रिका सरवरिया घाइते छन् । उनीहरू सासु-बुहारी हुन् ।

प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएकी रेवतीदेवीको उपचारका लागि विराटनगरको मकालु अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ पुर्‍याए लगत्तै अस्पतालले उनलाई मृत घोषित गरेको थियो । चन्द्रिकाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया