३ फाल्गुन २०८२, आईतवार
मनोरन्जन समाचार

लुगा धुनेक्रममा करेन्ट लागेर एकको मृत्यु, एकजना घाइते

३१ जेठ, विराटनगर। मोरङमा  लुगा धुनेक्रममा करेन्ट लागेर  एकजना महिलाको मृत्यु भएको छ भने एकजना महिला घाइते भएकी छन् ।

जहदा गाउँपालिका-१ झैलाचोकमा बिहीबार मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लाग्दा ४५ वर्षीय रेवतीदेवी सरवरियाको मृत्यु भएको हो ।

२५ वर्षीया चन्द्रिका सरवरिया घाइते छन् । उनीहरू सासु-बुहारी हुन् ।

प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएकी रेवतीदेवीको उपचारका लागि विराटनगरको मकालु अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ पुर्‍याए लगत्तै अस्पतालले उनलाई मृत घोषित गरेको थियो । चन्द्रिकाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,