२८ फाल्गुन २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

लगातार तेस्रो जीतसँगै वेष्टइन्डिज सुपर-८ मा

३१ जेठ, काठमाडौं । आईसीसी टी२० विश्वकप-२०२४ अन्तर्गत समूह सीको वेष्टइन्डिजले लगातार तेस्रो जीतसहित सुपर-८मा प्रवेश गरेको छ ।

ब्रेन लारा मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्टइन्डिज सुपर-८ मा प्रवेश गरेको हो ।

१५० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ९ विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो । न्यूजिल्याण्डका ग्लेन फिलिप्सले ४०, फिन एलेनले २६, ड्यारिल मिचेलले १२, रचिन रवीन्द्र र जेम्श निसमले १०/१०, ट्रेन्ट बोल्टले ७ तथा डेभोन कोन्वेले ५ रन बनाएर आउट भए ।

मिचेल स्यान्टनर २१ रनमा अविजित रहे । उनले अन्तिम ओभरको सुरुका दुई बलमा छक्का प्रहार गरी जीतको आशा जगाए पनि सम्भव भएन ।

वेष्टइन्डिजका अल्जारी जोसेफले ४, गुडाकेश मोतीले ३ तथा अकिल हुसैन र आन्द्रे रसेलले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले शेरफेन रदफोर्डको अर्धशतक मद्दतमा १४९ रन बनाएको थियो ।

खराब सुरुआत गरेको वेष्टइन्डिजका लागि ६ नम्बरमा आएका शेरफेन रदफोर्डले ६८ रनको अविजित इनिङ खेल्दै राम्रो स्कोर बनाए ।

अन्य ब्याटर निकोलस पुरनले १७, अकिल हुसैनले १५, आन्द्रे रसेलले १४, रोमारियो शेफर्डले १३,  ब्रेन्डन किंगले ९ र अल्जारी जोसेफले ६ रन बनाएर आउट भए ।

न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले तीन, टिम साउथी र लोकी फर्गुसनले दुई तथा जेम्स नीशाम र मिचेल स्यान्टनरले एक/एक विकेट लिए ।

यसअघि भएका खेलमा वेष्टइन्डिजले युगान्डा र पपुवा न्युगिनीलाई पराजित गरेको थियो । न्युजिल्याण्डको भने यो दोस्रो हार हो । यसअघि अफगानिस्तानसँग पराजित भएको थियो ।

वेष्टइन्डिज ६ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर-८ मा पुग्दा अंकविहीन न्यूजिल्याण्ड पुछारमा छ ।

समूह सीबाट सुपर-८ मा पुग्ने अर्को टोलीको भने टुंगो लाग्न बाँकी छ ।

यो समूहमा दुई खेलबाट ४ अंकका साथ अफगानिस्तान दोस्रो, तीन खेलबाट २ अंक जोडेको युगान्डा तेस्रो स्थानमा र दुई/दुई खेल खेलर अंक जोड्न नसकेका पपुवा न्यूगिनी र न्यूजिल्याण्ड क्रमश: चौथो र पाँचौ स्थानमा रहेका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected