३० फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

क्यान नेतृत्वमाथि  छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई

३० जेठ , काठमाडौं । सांसद भिमप्रसाद आचार्यले विश्वकप प्रतियोगिताको दौरान नेपाल क्रिकेट संघ (क्यान) नेतृत्वमाथि आर्थिक अनियमितता गरेको देखि विभिन्न गलत कार्य गरेको आरोप लागिरहेको भन्दै क्यान नेतृत्वमाथि छानबिन गरी सरकारले दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सांसद आचार्यले विश्वकप खेल्न अमेरिकामा रहेका नेपाली राष्ट्रिय टोलीलाई क्यान नेतृत्वले होटलमा लगेको, उनीहरुले हस्ताक्षर गरेको बल, व्याट, जर्सी लगायतका सामग्री महंगो मूल्यमा बेचेको, ८० डलर पर्ने टिकट १३५ डलरमा ब्याकमा बेचेको लगायतका विभिन्न आरोपहरु लागिरहेको उल्लेख गर्दै उनले नेतृत्वमाथि लागेको आरोप छानबिन हुनुपर्ने माग गरे । क्यान जस्तो जिम्मेवार निकायबाट त्यस्ता गतिविधि हुनाले  नेपालीको शिर निहुरिएको भनाई आचार्यको छ ।

उनले क्यान नेतृत्वमाथि लागेको आरोपको यथासिघ्र सरकारले छानबिन गर्नुपर्ने माग गरे।

‘विश्वकप प्रतियोगितामा क्यानको नेतृत्वबाट अनेकौं खालका गलत कामहरु र आर्थिक अनियमितता भएको गुनासाहरु आइरहेकाले सरकारले यथासिघ्र चाँडो त्यसलाई रोक्नुपर्छ।’

क्यानले सन्दीप लामिछानेको नाम पन्ध्र सदस्यीय टोलीमा समावेश नगरेकाले नै अमेरिकाले उनलाई भिसा नदिएको बताएका आचार्यले क्यान नै विश्वकपमा नेपाललाई हराउन लागेको होकि भन्ने प्रश्न उठेको र शंका लागेको धारणा राखे ।

उनले नेपाललाई जिताउन लाग्नुपर्ने क्यानको नेतृत्वले राम्रो खेलाडीलाई हटाएर किन टिम बनायो भन्नेमा प्रश्न उठेको उल्लेख गर्दै थपे, ‘दश जनाको सपोर्टिङ टोलीमा डाक्टरलाई हटाएर क्यानले एकजना महिलाको नाम राखेर पठाइयो र आइसीसीले त्यसलाई अस्वीकार गर्यो । जसले नेपालीको प्रतिष्ठामा ठूलो आघात पारेको छ ।

खेलाडीलाई होटलमा उभ्याएर  साख बेचेको भन्ने गुनासो आएको छ । अवैध रुपमा अमेरिकामा जर्सी लगेर महंगोमा बेचेको, खेलाडीहरुले हस्ताक्षर गरेको ब्याट र टिसर्ट पनि बेचेको भन्ने कुरा आएका छन् । अवैध चन्दा उठाएर त्यसको दूरुपयोग गरेको गुनासो पनि आएको छ । नेपाली टोलीले पाएको ४ सय वटा टिकट र २० वटा भिआइपी पास पनि अवैध ढंगले बिक्री गरेको भन्ने व्यापक गुनासो त्यहाँका नेपालीले गरेका छन् ।’

उनले थपे, ‘क्यान नेतृत्वले नेपाल र नेपालीको बेइज्जत गर्ने काम गरेको, आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन नभएर हराउन भूमिका खेलिरहेको र खेलाडिहरुलाई शिर निहुराएर हिँड्नुपर्ने स्थिति बनाएको जस्ता विभिन्न गलत काम भैरहेको भन्ने गुनासो छ । त्यसैले यो सन्दर्भमा निष्पक्ष छानबिन आयोग गठन गरेर सरकारले यथासिघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दछु,’ सांसद आचार्यले भने ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected