२८ फाल्गुन २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

टी-२० विश्वकप : अष्ट्रेलियाको लगातार तेस्रो जित

 ३० जेठ,काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ को समूह चरणमा अष्ट्रेलियाले लगातार तेस्रो जित हात पारेको छ । आज बिहान वेष्टइन्डिजको नर्थ साउण्डमा भएको खेलमा अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराएको हो ।

नामिबियाले दिएको ७३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ५.४ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको हो । अष्ट्रेलियाका डेभिड वार्नरले ८ बलमा २० रन बनाएर आउट भए भने ट्रभिस हेडले १७ बलमा ३४ रन र मिचेल मार्स ९ बलमा १८ रनका अविजित हुँदै जित दिलाए ।

नामिबियाका डेभिड विसले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नामिबिया १७ ओभरबमा अलआउट हुँदै ७२ रन बनाएको थियो । नामिबियाका जेराल्ड इरास्मसले ३६ र माइकल भान लङ्गेनले १० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंक जोड्न सकेनन् ।

नामिबियालाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका बलर एडम जाम्पा एक्लैले ४, जोश हेजलवुड र मर्कस स्टोनिसले दुई/दुई तथा प्याट किमिन्स र नाथन एसिसले एक/एक विकेट लिए ।

लगातार तीन खेल जितेर ६ अंक जोडेको अष्ट्रेलिया समूह ‘बी’को शीर्ष स्थानमा रहेको छ भने दुई मा जित र एक खेलमा अंक बाँडेको स्कटल्याण्ड ५ अंकका साथ दोस्रो स्थानमा रहेको ५ । यसअघि अष्ट्रेलियाले ओमान र इंग्ल्याण्डलाई पराजित गरेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected