३० फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

नेपाल र श्रीलंकाबीचको खेल रद्द

३० जेठ , काठमाडौं । वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत बुधबार अमेरिकोका फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५-१५ बजेदेखि खेल हुने तालिका रहेकोमा वर्षाका कारण रद्द भएको हो ।

खेल रद्द भएसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । खेल रद्द भएपछि दुवै टोलीलाई अर्को चरणमा जान कठिन पर्ने देखिएको छ । समूह चरणका खेलमा यसअघि नेपालले नेदरल्याण्डसँग ६ विकेटले पराजय बेहोरेको थियो भने श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोश्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

अब नेपालले समूह चरणअन्तर्गत वेस्टइन्डिजमा दुई खेल खेल्नेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बंगलादेशसँग खेल्नेछ । वेस्टइन्डिजमा हुने खेलमा नेपाली टोलीमा सन्दीप लामिछाने समेत सामेल हुनेछन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected