२९ कार्तिक २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने

२९ जेठ, काठमाडौँ । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ : ४५ बजेदेखि सुरु हुनेछ । यमनले आफ्नो होम गेम साउदी अरेबियामा सारेको हो । विश्वकप छनोटको दोस्रो चरणमा लगातार पराजित नेपाल आज यमनविरुद्धको खेलमा पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । त्यस्तै नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले आफ्नो अन्तिम खेलमा जीत हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए । कप्तान लिम्बूको यो खेलसँगै सय अन्तर्राष्ट्रिय खेल पूरा हुँदैछ ।

समूह ‘एच’ मा रहेको नेपालले यसअघि खेलेको पाँचै खेलमा पराजय भोगेको थियो । यही जेठ २५ गते भएको संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो खेलमा नेपाल ४–० गोलअन्तरले पराजित भएको थियो । नेपालमा नै हुनुपर्ने उक्त खेल दशरथ रङ्गशालामा समस्या भएपछि नेपालले साउदी अरेबियामा सारेको थियो ।

त्यसअघि नेपाल युएईसँग पहिलो खेलमा ४–० र यमनसँग २–० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले पराजित भएको थियो ।

नेपाली टोलीमा गोलकिपरसमेत रहेका कप्तान किरणकुमार लिम्बूसहित विशाल सुनार र अभिषेक बराल छन् । त्यस्तै डिफेन्डरमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, सनिश श्रेष्ठ र रोहित चन्द छन् ।

त्यस्तै मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशीष राई छन् भने फरवार्डमा जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिकबाबु चौधरी छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected