३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

भारतका राष्ट्रपति मुर्मसँग प्रधानमन्त्री दाहालले भेटे

२८ जेठ , काठमाडौं । भारतको दुइ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेको दाहाल सचिवालयले जनाएको छ ।

भेटका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्रीबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।  दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा समेत छलफल भएको दाहाल सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका हुन् । सपथ ग्रहणपछि आइतबार नै प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आज(सोमबार)साँझ  स्वदेश फर्कने तालिका छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।