१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

क्रिकेटमा अराजकता फैलाउन खोज्नेहरुविरुद्ध पारस खड्को चेतावनी

२८ जेठ , काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले संस्थाभित्रकै सदस्यहरुले नेपाली क्रिकेटमा अराजकता फैलाउन खोजिरहेको बताएका छन् । उनले त्यसविरुद्ध कानूनी काराबाही गर्ने चेतावनी दिएका छन् ।

सोमबार सचिव खड्काले पछिल्लो नौं महिनायता क्रिकेट भित्र आफ्नो नेतृत्वले गरेका केही सराहनीय कार्यको फलस्वरुप संस्था सही मार्गमा अघि बढिरहेको उल्लेख गर्दै संस्थाको हित नचाहने जिम्मेवार व्यक्तिहरुले आफू र संस्थाविरुद्ध अराजगता फैलाएको बताएका हुन् । उनले त्यस्ता गतिविधिविरुद्ध छानबिन गरी कानूनी कारबाहीमा जाने चेतावनी पनि दिएका छन् ।

‘कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपूर्ण छ । यद्यपि, यि सबैकाबीच संघका अध्यक्ष, सचिवलगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउंदै आफ्नो व्यक्तिगत लाभ र प्रयोजन हत्याउने उद्देश्यसहित संघ भित्रका केही सदस्यहरुले हरसम्भव प्रयास गरिरहनु भएको कार्य दुःखद छ’ खड्काले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

खड्काले नेपाली क्रिकेटलाई खेलाडीका रुपमा आफ्नो लगानीको २० वर्षलाई स्मरण गर्दै नेपाललाई क्रिकेटिंङ राष्ट्रका रुपमा आत्मनिर्भर बनेको हेर्ने सबैको सपनालाई साकार पार्न आफू लागेको बताएका छन् ।

तर, पछिल्लो समय उनी र संस्थाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेको विषयलाई लिएर चर्को आलोचना भइरहेको बेला उनले आफ्नो तर्फबाट सामाजिक संजालमार्फत स्पष्ट पारेका हुन् । तर, उनले व्यक्तिगत लाभका लागि आफ्नो र संस्थाको नाम बद्नाम गर्न खोज्ने संस्थाभित्रकै सदस्यलाई भने कानूनी कारबाहीको दायरामा ल्याउने बताए ।

‘मैले २० वर्ष देशको लागि खेलाडीका रुपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउनेगरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहिन वक्तव्यहरुको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिनसहित संस्थागत पद्दतिबाट छिट्टै नै कानूनी उपचार समेत खोजिने छ,’सचिव खड्काले भनेका छन् ।

खड्काले व्यक्तिगत, राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई समर्थन गरिरहन समेत आग्रह गरेका छन् ।

 

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected