१८ चैत्र २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार

पाकिस्तानमाथि भारतको ६ रनको रोमाञ्चक जित, सुपर आठमा पुग्न पाकिस्तानलाई कठिन

२८ जेठ , काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको छ ।  आइतबार राती न्युयोर्कमा भएको खेलमा भारतले पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित निकालेसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना न्यून भएको छ ।

पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अब अन्य खेलका नतिजामा भर पर्नुपर्ने भएको छ । यदी भारतले बाँकी सबै खेल जितेको खण्डमा अमेरिका र आयरल्याण्डको खेलले पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना जिवितै राख्ने छ। त्यसका लागि आयरल्याण्डसँग अमेरिका पराजित हुनुपर्ने छ ।

न्युयोर्कमा भएको टस जितेर पाकिस्तानले भारतलाई ब्याटिङको निम्तो दिएको थियो ।  एक ओभर बाँकी हुँदै अलआउट हुन पुगेको भारतले पाकिस्तानलाई १२० रनको सामान्य लक्ष्य दिएको थियो ।

सो लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ७ विकेटको क्षतिमा ११३ रनमै समेटियो ।  राम्रो सुरुआत गरेको पाकिस्तानले अन्तिम आठ ओभरको खेलमा राम्रो प्रर्दशन गर्न नसक्दा आफ्नो पक्षमा देखिएको खेल गुमाउन पुग्यो।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । यस्तै, इमाद वासिमले १५ रन, कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए ।

भारतका लागि जस्प्रित बुम्राहले सर्वाधिक ३ लिए । यस्तै, हार्दिक पान्ड्याले २ विकेट, अर्सदीप सिंह र अक्षर पटेलले समान  १ –१ विकेट लिए । त्यसअघि भारतले १९ ओभरमा सबै  विकेट गुमाउँदै ११९ रन जोडेको थियो। भारतका लागि रिशभ पन्तले ३१ बलमा ६ चौका सहित सर्वाधिक ४२ रनको पारि खेले ।

यस्तै, अक्षर पटेलले २०, कप्तान रोहित शर्माले १२ बलमा १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले समान ३–३ विकेट लिदा मोहम्मद आमिरले २ र शाहिन शाह अफ्रिदीले १ विकेट लिए ।

जितपछि भारतको २ खेलबाट ४ अंक जोडेको छ । सोही समुहमा रहेको अमेरिकाको पनि ४ अंक छ । क्यानडाको २ खेलमा २ अंक रहेको छ । २ खेल खेलेको पाकिस्तान र १ मात्र खेल खेलेको आयरल्याण्डले अंक जोड्न सकेका छैनन् ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected