२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाज

सहकारीको ७ करोड ४० लाख बचत रकम हिनामिना गर्ने सञ्चालक पक्राउ

२८ जेठ , काठमाडौं । काठमाडौंमा रहेको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड ४० लाख ८७ हजार ८ सय ६० रूपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको अभियोगमा ३ जना संचालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई शुक्रबार पक्राउ गरी आइतबार ७ दिनको म्याद लिएर अनुसन्धान थालेको छ ।

पक्राउ पर्नेहरूमा संस्थाका अध्यक्ष काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ६६ वर्षीय बाशुदेव मान जोशी, संस्थाका सचिव वडा नं. २५ केलटोल बस्ने ६७ वर्षीय सुवर्ण सेलालिक र संस्थाका सदस्य वडा नं. २६ नरदेवी बस्ने ५८ वर्षीय धर्म रत्न पाछैं रहेका छन् । उक्त बचत रकम अपचलन तथा हिनामिना गरेको सम्बन्धमा काठमाडौं महानगरपालिका सहकारी विभागको पत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको सीआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

उनीहरूलाई सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व