१८ चैत्र २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार

नेदरल्याण्ड्स पराजित, दक्षिण अफ्रिकाको दोस्रो जित

२७ जेठ ,काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निलेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गरेको हो ।

राम्रो सुरुवात गरेको नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई झन्डै पराजित गरेको थियो । तर, अफ्रिकाको लडखडाएको पारि डेभिड मिलर र ट्रिस्टन स्टब्सले धैर्यतापूर्वक खेले र दक्षिण अफ्रिकालाई जित दिलाए । यो जितसँगै दक्षिण अफ्रिका समूह डीबाट सुपर एटमा पुग्ने लगभग पक्का भएको छ । यो समूहमा नेपाल पनि रहेको छ ।

न्यूयोर्कमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रन मात्रै बनाउन सकेको थियो । यो लक्ष्य दक्षिण अफ्रिकाका लागि निकै सजिलो थियो । तर, त्यसो हुन सकेन र पावर प्लेमा नै टोलीले ४ विकेट गुमाएको थियो । यसपछि डेभिड मिलर र ट्रिस्टन स्टब्सले उत्कृष्ट साझेदारी गरे । टोलीले जित्नका लागि १८.५ ओभरको खेल खेल्नुपर्यो ।

यसअघि ब्याटिङमा आएका नेदरल्याण्डका सबै ब्याट्सम्यान फ्लप थिए । सिब्रान्ड एङ्गेलब्रेच बाहेक अन्य ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । सिब्रान्डले ४५ बलमा ४० रन बनाए । यस बाहेक भान बेकले पनि २२ बलमा २३ रनको योगदान पुर्याए र टोलीले एक सय रन पार गर्न सफल भयो । दक्षिण अफ्रिकाका लागि ओटनियल बार्टम्यानले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरको स्पेलमा ११ रन दिएर ४ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको सुरुवात निकै खराब रह्यो । टोलीका दुई उत्कृष्ट ब्याट्सम्यान क्विन्टन डी कक र कप्तान एडेन मार्कराम खाता खोल्नै नखाई आउट भए । ओपनर रिजा हेन्ड्रिक्सले पनि ३ रन मात्र बनाउन सके । हेनरिक क्लासेनले मात्र ४ रन बनाउन सके । तर, यसपछि डेभिड मिलर र ट्रिस्टन स्टब्सले चौथो विकेटका लागि ६५ रनको साझेदारी गर्दै इनिङ्सलाई सम्हाले । स्टब्सले ३३ रनको इनिङ खेले । जबकि डेभिड मिलरले ५१ बलमा ५९ रन बनाएर अविजित रहे । उनी अन्तिमसम्म रहे र टोलीलाई जित दिलाए । नेदरल्याण्ड्सका भिभान किंग्मा र लोगन भान विकले समान दुई दुई विकेट लिए ।

 

 

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected