१८ चैत्र २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार समाचार

अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हरायो

२४ जेठ, अमेरिका – घरेलु टोली अमेरिकाले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानमाथि सुपर ओभरमा जित हात पारेको छ । समूह ए मा लगातार दोस्रो जितका साथ अमेरिकाले सुपर–८ को सम्भावना मजबुत बनाएको छ । अमेरिकाले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको हो ।

पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक पर्दथ्यो । सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सौरभले पहिलो बल इफ्तिखर अहमदलाई डट राखे । दोस्रो बलमा काउकर्नरमा चौका हाने । लगत्तै तेस्रो बल वाइड फ्याँले । तेस्रो बलमा इफ्तिखर लङअनमा क्याच आउट भए । बाँकी तीन बलमा १४ रन चाहिँएको थियो । त्यसपछि वाइड र लेग वाइमा चौका गयो । दुई बलमा ९ रन चाहिँदा २ रन बटुले । अन्तिम बलमा पाकिस्तानलाई जित्नलाई ७ रन चाहिँएको थियो । एक रन दिदै अमेरिका सुपर ओभरमा विजयी भयो ।

सुपर ओभरमा मोहम्मद आमिरले १८ रन खर्चिएका थिए । आमिरले पहिलो बल आरोन जोन्सलाई चौका, दोस्रोमा दुई र तेस्रोमा एक दिए । चौथो बल वाइड हुँदा अमेरिकाले थप अतिरिक्त लेग वाइ जोडेको थियो । पाँचौं बलमा वाइडसहित दुई दिए । पाँचौं बलमा एक रन बटुले । अन्तिम बलमा वाइडसहित तीन रन खर्चिए । त्यसपछि एक रन दिएपछि अमेरिकाले १८ रन जोगेको थियो ।

१६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनायो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै सुपर ओभरमा पुर्याएका थिए ।

अन्तिम ओभरको सुरुवाती तीन बल हरिस रौफले ३ रन दिएका थिए । तर चौथो बलमा आरोन जोन्सले छक्का हानेपछि खेल थप रोचक बनेको थियो । अन्तिम बलमा जित्नलाई ५ रन चाहिँदा नितेश कुमारले चौका प्रहार गर्दै बराबर गराएका थिए ।

अमेरिकाका कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । ओपनर स्टिभ टेलर १६ बलमा १ चौकासहित १२ रनमा आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि मोनांक र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरे ।

गौस २६ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । आरोन जोन्स २६ बलमा २ चौका र २ छक्कासहित ३६ र नितेश कुमारले १४ रन बनाए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १–१ विकेट लिए ।

त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ तथा स्पिन अलराउण्डर सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० बनाएपनि जित्नलाई पर्याप्त हुन सकेन ।

एक समय ४.४ ओभरमा २६–३ को अवस्थामा पुगेको पाकिस्तानलाई बाबर र सादबले ७२ रनको साझेदारी इख बचाएका थिए । शाहिन शाह अफ्रिदीले १६ बलमा १ चौका र २ छक्कासहित २३ रनमा नट आउट रहे । इफ्तिखर अहमद १४ बलमा ३ चौकासहित १८, हरिस रौफले ३, मोहम्मद रिजवान ९, उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भए ।
अमेरिकाका नोष्थुश केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अली खान र जसदीप सिंहको नाममा १–१ विकेट रह्यो ।

अमेरिकाले पहिलो खेलमा क्यानडालाई ७ विकेटले हराएको थियो । अमेरिकाले अव १२ जुनमा भारत र १४ जुनमा आयरल्यान्डसँग खेल्नेछ । पाकिस्तानले अव ९ जुनमा न्यूयोर्कमा भारतसँग खेल्नेछ । समूह ए मा भारत, पाकिस्तान, अमेरिका, क्यानडा र आयरल्यान्ड छन् ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected