१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

टी-२० विश्वकप : नामिबिया स्कटल्यान्डसँग पराजित

२५ जेठ, अमेरिका – स्कटल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा नामिबियालाई ५ विकेटले हराएको छ । समूह बी मा स्कटल्यान्डले पहिलो जित हात पारेको हो ।

१५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डको जितमा कप्तान रिची बेंरिग्टन ३५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४७ रनमा नट आउट रहे ।

माइकल लिस्क १७ बलमा ४ छक्कासहित ३५, जर्ज मुन्शे ७, माइकल जोन्स २६ र ब्रेन्डन म्याकमुलनले १९ रनको योगदान दिए । नामिबियाका कप्तान जेराल्ड इरास्मसले २, डेविड विजा, टागेंनी लुगांमेनी र बेनार्ड स्कोल्ट्जले १–१ विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । कप्तान जेराल्ड इरास्मसले ३१ बलमा ५ चौका र २ छक्कासहित ५२ रन बनाउँदै अलराउण्ड प्रदर्शन गरेपनि जित निकाल्न पर्याप्त भएन । निकोलस डेभिन २०, जेन फ्रेलिंक १२, जेन ग्रीन २८ र डेविड विजाले १४ रन बनाए ।

स्कटल्यान्डका ब्राड ह्वीलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । ब्राड करीले २, क्रिस सोल, क्रिस गेभ्स र माइकल लिस्कले १–१ विकेट लिए ।पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो । स्कटल्यान्ड र इंग्ल्यान्डबीचको खेल वर्षाको कारण रद्द भएको थियो ।

त्यस्तै समूह ए मा आज भएको खेलमा डालसमा घरेलु टोली अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराउँदै सनसनी मच्चाएको छ । समूह डी को नेपाल मंगलबार नेदरल्यान्ड्ससँग पराजित भएको थियो । अव नेपालले १२ जुनमा श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected