२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

समाज रुपान्तरणमा गीत संगीतको ठूलो भूमिका : उपसभामुख

२२ जेठ , काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले सामाजिक र राजनीतिक रुपान्तरणमा गीत संगीतको ठूलो भूमिका रहेको बताएकी छन् ।

काठमाडौंमा सोमबार अन्तर्राष्ट्रिय रचनात्मक संगीत पुरस्कार २०२४ को ग्रान्ड फिनालेमा उनले मानिसको सोच परिवर्तन नभएसम्म रुपान्तरण सम्भव नभएको भन्दै त्यसका लागि कलाकारहरु महत्वपूर्ण भएको बताइन् ।

उनले भनिन्, ‘सपना बोकेका नयाँ कलाकारहरु, पुराना कलाकार, जो अफ्नो जीवनभर कला, संस्कृतिलाई जोगाउन योगदान दिने काम गर्नु भएको छ । यस्तो कलाकार हाम्रो देशको लागि एकदमै महत्वपूर्ण हुन्छ । हामीले मानिसको सोच परिवर्तन गर्न नसकेसम्म सामाजिक र राजनीतिक रुपान्तरण गर्न सक्दैनौ । तपाई जस्तो कलाकारहरुले कला र अभिनयबाट आफ्नो तर्फबाट रुपान्तरणको लागि जुन प्रयास गर्नु भएको छ ।’

उनले कलाकर्मीको जीवनका विषयमा पनि चिन्ता व्यक्त गरिन । देशका लागि बाँच्ने कलाकारका लागि देशले केही गर्न नसकेको भन्दै चिन्ता जाहेर गरेकी हुन् ।

उनले भनिन्, ‘देशको लागि जीवनयापन गर्दा पनि उनीहरुको लागि देशले केही गर्न नसकेको देख्दा दुःख लाग्छ तर पनि म तपाईहरुको यो कामको लागि सलाम गर्न चाहन्छु र उत्साह भर्न चाहन्छु ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।