१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

दक्षिण अफ्रिकाको विजयी सुरुवात

२२ जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । नेपालकै समूह डीमा रहेको दक्षिण अफ्रिकाले श्रीलंकामाथि ६ विकेटको जित दर्ता गरेको थियो । ‘लो स्कोरिङ म्याच’मा जित निकाल्न दक्षिण अफ्रिकालाई संघर्ष भने गर्नु परेको थियो ।

पहिला ब्याटिङ गरेको श्रीलंकाले १९.१ ओभरमा सबै विकेट गुमाएर ७७ रनमा समेटिएको थियो । यो टी–२० मा श्रीलंकाको सबैभन्दा कम स्कोर पनि हो । ७८ रनको  सामान्य लक्ष्य पूरा गर्नका लागि दक्षिण अफ्रिकाले १६.२ ओभर खेल्दै ४ विकेट गुमाउनु पर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाको सुरुवात खासै राम्रो हुन सकेन र चौथो ओभरमा १३ रनको स्कोरमा पहिलो विकेट गुमायो । पाथुम निसान्का ३ रन बनाएर आउट भएका थिए । श्रीलंकालाई आठौं ओभरमा दोस्रो झट्का लागेको थियो र कामिन्दु मेन्डिस ११ रन बनाएर आउट पभेलिएन फर्किए । यसपछि विकेट झर्ने क्रम सुरु भयो र श्रीलंकाका ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै आउट भए । कप्तान वानिन्दु हसरंगा र सादिरा समाराविक्रमाले खाता पनि खोल्न सकेनन् भने कुसल मेन्डिस १९ र चरित असालान्का ६ रन बनाएर आउट भए । यसरी १२ औं ओभरमा श्रीलंकाको स्कोर ६ विकेटको नोक्सानीमा ४५ रन बनेको थियो ।

श्रीलंकाले १३ औं ओभरमा ५० रन पुरा गरेपनि कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् । अनुभवी दासुन शनाकाले ९ रनको योगदान दिए । योसँगै एन्जेलो म्याथ्युजको ब्याटबाट १६ रन आए । तल्लो क्रमका ब्याट्सम्यानले खास केही गर्न सकेनन् र महिष तिक्षानाले एक छेउमा ७ रन बनाएर अविजित रहे । यसरी श्रीलंकाको इनिङ्स २०औं ओभरमा ७७ रनमा सिमित भयो, जुन यसको सबैभन्दा कम टी–२० अन्तर्राष्ट्रिय कुल पनि थियो । दक्षिण अफ्रिकाका लागि एनरिच नोर्टजेले सर्वाधिक ४ विकेट लिए ।

सानो लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको सुरुवात पनि खास आकर्षक भने रहेन ।  ओपनर रीजा हेन्ड्रिक्सले ४ रन बनाएर दोस्रो ओभरमा आउट भए । कप्तान एडेन मार्करामले पनि ठूलो इनिङ खेल्न सकेनन् र पाँचौं ओभरमा १४ बलमा १२ रन बनाएर पभेलियन फर्किए ।

क्विन्टन डी कक र ट्रिस्टन स्ट्रब्सले ५० रन बनाए  । त्यहाँबाट हेनरिक क्लासेन १९ र डेभिड मिलर ६ रन जोड्र्दै ले आफ्नो टोलीलाई थप क्षति हुन नदिएर जित दिलाए । श्रीलंकाका लागि वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected