६ पुष २०८२, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

गुल्मीमा दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते

२१ जेठ, गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । उनका अनुसार जीप आफैँ अनियन्त्रित भई सडकदेखि चार सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताएका छन् । उनका अनुसार घाइते सबैलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

थप समाचारहरु

प्रदेस समाचार समाज सुदूरपश्चिम

जंगली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना विरामी

५ साउन, बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया
कोशी प्रदेस समाचार समाज

कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे

६ साउन, झापा । कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’