१८ चैत्र २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार समाचार

आइसीसी विश्वकप क्रिकेट : अमेरिकामा के गर्दैछ नेपाली टिम ?

२१ जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली टोली आइतबार नेपाली समर्थकहरुमाझ उपस्थित भयो । नेपाल क्रिकेट संघ क्यानका अध्यक्षसहित खेलाडी र अफिसियलहरु सहभागी भएको कार्यक्रममा समर्थकहरुले कप्तान रोहित पौडेल र अध्यक्ष चन्द बोल्दा नेपालमै छुटेका सन्दीप लामिछानेको खोजी गरेका थिए ।

सन्दीपलाई अमेरिकन राजदूतावासले भिसा नदिए पछि जान नपाएका हुन् । सन्दीपको खोजी भइरहँदा कप्तान पौडेलले कुनै जवाफ दिएनन् भने अध्यक्ष चन्दले समर्थकहरुमाझ झोक्किँदै उनले आफूहरुले सक्दो प्रयास गरेको बताए ।

अमेरिकामा रहेका नेपालीहरुले आयोजना गरेको फ्यान फेस्टिबलमा उपस्थित हुनका लागि ४५ डलरको टिकटको व्यवस्था गरिएको थियो भने विश्वकप क्रिकेट हेर्नका लागि १३५ रुपैयाँमा टिकट किन्न पाइने व्यवस्था गरिएको छ ।

आइसीसीबाट ४ सय टिकट पाएको क्यानले के कसरी वितरण गरेको भन्ने आधिकारिक जानकारी गराएको छैन । बुझिए अनुसार क्यानले आइसीसीबाट १०० डलरका दरले टिकट किनेको र त्यसमा ट्क्यास जोडेर १३५ डलर कायम गरेको अमेरिकामा रहेका नेपालीहरुले जानकारी दिएका छन् ।

नेपाली क्रिकेट टिम अहिले विश्वकप खेल्न भन्दा पनि घुम्नका लागि गएको जस्तो देखिएको छ । सुरुमा फ्लोरिडामा अभ्यास गरेको नेपाली टोली त्यसपछि वेस्टइन्डिज गएर पुनः अमेरिका फर्किएको थियो । अमेरिकामा गैर आवासीय नेपाली संघले गरेको कार्यक्रममा सहभागी भएको नेपाली टोलीमा यहाँबाट गएका पदाधिकारीहरु भने मुस्किलले देखिएका थिए ।

यसैगरी फ्यान फेस्टिबलमा पनि थोरै सहभागी भएकाहरु घुम्नकै लागि गएको भन्दै अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । नेपाली टोली विश्वकपका लागि नेटमा हुनु पर्नेमा रेस्टुरेन्टमा रहेर कसरी अभ्यास गरिरहेको भन्दै सामाजिक सञ्जालमा नेपालीहरुले नै असन्तुष्टि जनाएका छन् ।

नेपाली टिम आइतबारको कार्यक्रम पछि सोमबार विहानै टेक्ससमा रहेको पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जाने तयारी गरिएको छ । नेपाली टिमले मंगलबार नेपाली समय अनुसार राति सवा ९ बजे नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected