२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

संसद्का दुवै सदनमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने

काठमाडौं ।  संघीय संसद्का दुवै सदनको बैठक सोमबार पनि बस्दै छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी आज संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै, बैठकमा हिजोबाट प्रारम्भ भएको आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । हिजोदेखि जारी छालफल मंगलबार सम्म सकेर पास गर्ने तयारी सरकारले गरेको छ।

यसैगरी मध्याह्न सवा १२ बजे बस्ने गरी बोलाइएको राष्ट्रियसभाको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले निरन्तरता पाउने छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।