२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

बंगलादेशी सांसद्को हत्यामा संलग्न आरोपी काठमाडौंबाट पक्राउ

२० जेठ, काठमाडौं । भारतको कोलकातामा मृत भेटिएका बंगलादेशी सांसद् अनवरुल अजिम आनाको हत्यामा संलग्न एक आरोपी काठमाडौंबाट पक्राउ परेका छन् ।

बंगलादेशको अंग्रेजी दैनिक ढाका ट्रिब्युनले हत्यामा संलग्न सइम हुसेन नामक व्यक्ति काठमाडौं पक्राउ परेको भन्दै समाचार लेखेको हो । सत्तारुढ दल अवामी लिगका सांसद् अजिमको हत्यामा संलग्नलाई फिर्ता ल्याउन नेपालस्थित बंगलादेशी दूतावासमार्फत लैजान कूटनीतिक प्रयास पनि भइरहेको समाचारमा भनिएको छ ।

नेपाली सुरक्षा उच्च स्रोतले पनि बंगलादेशी सांसद्को हत्यामा संलग्न नेपाल आएको सूचना पाएपछि आफूहरुले खोजी गरेको पुष्टि गरेको छ । एक उच्च अधिकृतको भनाइमा, भारतीय, बंगलादेशी र नेपाली प्रहरीको समन्वयमा अझै पनि अपरेशन जारी छ ।

यद्यपि, नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले भने बंगलादेशी सांसद् अजिमको हत्यामा संलग्नहरु पक्राउ परेकोबारे अनविज्ञता जनाए । उनले अनलाइनखबरसँग भने, ‘मैले पनि ढाकामा सञ्चारमाध्यमहरुले लेखेको भन्ने सुनेँ, तर त्यस्तो कुनै औपचारिक जानकारी मसँग छैन ।’

बंगलादेशी अधिकारीहरुले त्यहाँको सञ्चारमाध्यममा कूटनीतिक प्रयास भइरहेको भएपनि नेपालको कुनै पनि मुलुकसँग हालसम्म सुपुर्दगी सन्धि भएको छैन । यस्तोमा औपचारिक रुपमा कुनै पनि अभियुक्तको हस्तान्तरण गर्न सहज हुँदैन ।

‘यो घटनामा संलग्नलाई क्रिमिनल कन्स्पाइरेसी एक्ट अनुसारको कारबाही हुने रहेछ, त्यसमा मृत्युदण्ड समेत हुनसक्ने व्यवस्था छ’, यो मामलाबारे जानकार एक अधिकृतले भने, ‘यस्तोमा पक्राउ परेकालाई पठाउन थप जटिलताहरु छन् ।’

नेपाल–भारतका प्रहरीबीच अनौपचारिक रुपमा लामो समयदेखि अपराध नियन्त्रणमा सहकार्य हुँदै आएको छ । बंगलादेशी सांसद् कोलकातामा मारिएकाले यो अपरेशनमा भारत–बंगलादेश र नेपालका सुरक्षा अधिकृतहरु जोडिएका छन् ।

महानगरीय प्रहरी कार्यालय, ढाका अन्तरगतको डिटेक्टिभ ब्रान्ज (डीबी) बाट चार सदस्यीय टोली काठमाडौं आएको थियो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि