२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

आँखा शिविरबाट ३ सय लाभान्वित

२० जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ५ स्थित सामाजिक संस्था कैलाशकुट सामाजिक अभियानले शनिबार आयोजना गरेको शिविरमा तीन सय जनाको आँखा परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको छ ।

संस्थाका अध्यक्ष महेशकुमार श्रेष्ठका शिविरमा तिलगङ्गा आँखा अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका थिए । शिविरमा ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण गरिएको थियो । यसअघि पनि अभियानले वडावासीलाई लक्ष्यित गरी मधुमेह र मुटुरोगसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेको थियो । शिविरका लागि लक्ष्मीनारायण देवस्थल सेवा समितिले पनि सहयोग गरेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि