१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

स्पेनिश रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि

२० जेठ , काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लन्डनमा रहेको वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो ।

रियललाई उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा निस्किएका हुन् ।

कार्भाजालले ७४ औं मिनेटमा टोनी क्रुजको सहयोगमा हेडर गोल गर्दै रियलको गोलको खडेरी तोडेका थिए । यस्तै, ८३ औं निेटमा जुड बेलिङघमले दिएको पासलाई जुनियरले गोलमा परिणत गर्दै रियललाई २–० को अग्रता दिलाए ।

त्यसपछि थप गोल नभएपछि रियल मड्रिडले च्याम्पियन्स लिगको १५ औं उपाधि जित्न सफल भयो । सन् १९९७ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको जर्मन क्लब डर्टमन्ड भने उप विजेतामा सिमित भयो ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected