२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाज

हिंमाल संरक्षणको सन्देश फैलाउँदै सगरमाथा चढेर फर्किए डिजे तेन्जिङ

१८ जेठ , काठमाडौं । नेपालकै पहिलो डिजे तेन्जिङ शेर्पाले हिंमाल संरक्षणको सन्देश फैलाउँदै सगरमाथा आरोहण गरेका छन् । जेठको दोश्रो साता क्याम्प–२ मा डिजे कन्सर्ट गर्दै सगरमाथाको चुचुरो उक्लिएका उनी शुक्रबार काठमाडौं फर्किएका हुन् ।

काठमाडौंमा उनलाई भव्य स्वागत गरिएको छ । सम्भवतः उनी सगरमाथा आरोहण गर्ने पहिलो डिजे हुन् । उनले क्याम्प–२ मा डिजे कन्सर्ट गरेर वल्ड रेकर्ड बनाएको बताए । ‘ग्लोबल वार्मिङ रोकौँ, हिमाल संरक्षण गरौँ’ भन्ने नारासहित उनले दुई महिना लगाएर सगरमाथा आरोहण गरेको बताए ।

‘व्यक्तिगत उपलब्धि र रेकर्ड राख्नेभन्दा पनि अहिले जलवायु परिवर्तनका कारण विश्वलाई नै अफ्ठ्यारो परिरहेको अवस्था छ । यस्तोमा हिमालको संरक्षण गर्नुपर्छ भनेर एउटा चेतनामुलक अभियानको प्रारम्भकोरुपमा सगरमाथा आरोहण गरेको हुँ,’ उनले भने, ‘सोचेअनुरुप आफू सफल भएँ, एकदमै खुसी छु ।’

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व