८ पुष २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार

सुनको मूल्य निरन्तर उकालोतिर

१७ जेठ, काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ ।

बुधबार प्रतितोला रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा रु ७० ले वृद्धि भएको छ । बुधबार रु एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज रु एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने