१७ कार्तिक २०८२, सोमबार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

१७ जेठ, रुपन्देही । उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।

अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई रु १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको हो

थप समाचारहरु

प्रदेस समाचार समाज सुदूरपश्चिम

जंगली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना विरामी

५ साउन, बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया
कोशी प्रदेस समाचार समाज

कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे

६ साउन, झापा । कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’